भिमफेदी–१ बुङदलमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
मकवानपुरको भिमफेदी–१ बुङदलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बुङदलस्थित भित्री सडकखण्डमा गएराती मोटरसाइकल दुर्घटना हुँदा दुई जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बा प्र ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल बुङदल खोलाको पुलमाथिबाट करिब ५० फिट तल खसेको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौडा उपमहानगरपालिका–२ चौकीटोलका ३९ वर्षका बिर बहादुर गुरुङ र मोटरसाइकल पछाडी सवार पूर्वी नवलपरासी, कावासोति नगरपालिका–१३ हाल हेटौडा–२ चौकीटोलमा डेरागरी बस्ने ३५ वर्षका चन्द्र बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
दुवैजनाको सनाखत मृतकहरुका श्रीमतीले गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।





