सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरको रिक्त पदलाई लिएर विवाद

छहारी संवाददाता
कार्तिक १७, २०८२

सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरको रिक्त पदलाई लिएर लायन्स इन्टरनेसनल नेपाल शाखा, डिस्ट्रीक्ट ३२५ एस, आन्तरिक विवादमा परेको छ ।

भदौ १५ गते निर्वाचित भएका जे.पी. यादवले आइतबार पत्रकार सम्मेलन गर्दै आधिकारिक रुपमा आफू नै सेकेन्ड भाइस गभर्नर भएको दाबी गर्नुभएको छ । सुदर्शन अधिकारीको निधनपछि रिक्त भएको पदमा गत आफू विधि र प्रक्रिया अनुसार निर्वाचित भएको उहाको दाबी छ ।

निर्वाचित भएको प्रमाणपत्र समेत पाइसकेको अवस्थामा सोही पदमा अर्के व्यक्तिको घोषणा आफूहरुलाई मान्य नहुने उहाँले बताउनुभयो । डिस्ट्रीक्ट गभर्नर लायन विनय बस्नेतले निर्वाचनमा प्रक्रिया नपुगेको भन्दै मान्यता नदिएपछि विवाद सुरु भएको हो ।

बस्नेतले भाद्र १५ गतेसम्म निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको तर सोही मितिमा सम्पन्न निर्वाचनको मान्यता भने नदिएको यादव पक्षको आरोप रहको छ । यस विषयमा यादवले उच्च अदालत पाटनमा रिट दायर समेत गर्नुभएको छ ।

अदालतले कार्तिक ११ गते आदेश जारी गर्दै विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो साथै कार्तिक १४ गते दुबै पक्षलाई छलफलमा बोलाएकोमा सोही दिन विपक्षीले पुनः निर्वाचन गरी अंकिता सुमार्गीलाई सेकेन्ड भाइस गभर्नर पदमा निर्वाचित गरेकोप्रति यादवले असन्तुष्टि जनाउनुभएको छ ।

एक पटक विधिपूर्वक सम्पन्न भएको निर्वाचनलाई पुनः अस्वीकार गरी अर्को निर्वाचन गराउने प्रयास लायन्सको गरिमा र अनुशासनमाथि ठाडो प्रहार भएको यादवको तर्क छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*