हेटौंडाको राप्ती तटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइयो

छहारी संवाददाता
कार्तिक ११, २०८२

सुर्यको आराधना र उपासना गरी मनाइने छठ पर्व हेटौंडामा पनि मनाइएको छ । सोमबार छठ पर्वको मुख्य दिन, साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर व्रतालुहरुले श्रद्धापूर्वक छठ मनाएका हुन् ।

हेटौंडा १ स्थित राप्ती किनारमा निर्माण गरिएको छठघाटमा व्रतालुहरूले जलाशयमा पसी बाँसको चोयाबाट बनेको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, मुला, कागती, ठेकुवा, अदुवाको बोट, जटा नरिवल लगाएतका फलफूल तथा प्रसाद राखेर अर्घ दिने चलन छ ।

छठ पर्वको रौनक हेर्न भक्तजनहरूको समेत बाक्लो भिड लाग्ने गरेको छ । पूजास्थलमा हुने भिडलाई नियन्त्रण गर्न प्रहरी, स्काउट र स्वयं सेवकहरुको खटिएका छन् ।

मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन्

विगतका वर्षहरूझैं यस वर्ष पनि संयुक्त मधेशी समाज मकवानपुरले छठ पूजाको भव्य व्यवस्थापन गरेको छ । छठघाटमा करिब ६ सय ५० फिट लम्बाइ र २० फिट चौडाईको पण्डाल निर्माण गरिएको छ भने २५ वटा व्यवसायिक स्टल र बालबालिकाका लागि विशेष फन पार्क राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*