तिहार लक्षित किनमेलका लागि हेटौंडाका तीन स्थानमा बजार संचालन 

छहारी संवाददाता
कार्तिक ३, २०८२

यस वर्ष हेटौंडा उपमहानगरपालिकाले तिहार लक्षित बजारका लागि तीन स्थान तोकेको छ ।

विगतका वर्षहरुमा उपमहानरपालिकाले नगर क्षेत्रका विभिन्न स्थानमा यस्ता बजार राख्न अनुमती दिदै आएकोमा यस पटक भने राप्ती रोड ब्लड बैंक भवनदेखि पश्चिमतर्फ हेटौंडा अस्पतालको पर्खाल बाहिरको खाली स्थान, हेटौंडा २ स्थित संगमचोक र फरेष्टि स्थित खुला स्थानमा मात्र अनुमति दिइएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो ।

यद्यपि, फरेष्टि अगाडिको खाली जग्गामा व्यापारिक चहलपहल नहुने देखिएपछि व्यापारीहरुले उक्त स्थानमा जान मानेनन् । हेटौडा अस्पताल परिसर क्षेत्र र संगमचोकमा मात्रै तिहार लक्षित बजार राखिएको छ ।

 

त्यसैगरी उद्योग वाणिज्य संघका अगाडि डोकोमा फुलहरु मात्र बिक्री गर्न अनुमति दिइएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । तिहार बजारमा फूल, फलफूल, भाइ मसला, लक्ष्मी पूजाका सामग्री, ध्वजापताका विक्रीका लागि राखिएका छन् ।

भाईटिका तथा लक्ष्मी पूजाका लागि आवश्यक पर्ने पूजा सामग्री, मसला, फलफूल लगायतका सामानहरु किन्न ग्राहकहरुको चहलपहल सुरु भएको छ ।

असोज ३१ गतेदेखि सञ्चालनमा आएको तिहार लक्षित बजार एक सातासम्म चल्नेछ । तोकिएको क्षेत्रमा तोकिएको समयावधि लागि व्यवसाय सञ्चालन गर्न कुनै शुल्क नलाग्ने प्रवक्ता न्यौपानेले बताउनुभयो ।

बजारलाई व्यवस्थित बनाउनका लागि उपमहानगरपालिकाले विगतका वर्ष देखि नै स्थान निर्धारण गर्ने गरेको छ । बजारमा नगर प्रहरीले निगरानीका साथै सुरक्षा प्रदान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*