कान्ति लोकपथ सञ्चालनमा, हेटौंडा–काठमाडौंजोड्ने सबै मार्ग खुले

छहारी संवाददाता
अशोज २१, २०८२

तीन दिनदेखि पहिरोका कारण अवरुद्ध बनेको कान्ति लोकपथ पुनः सञ्चालनमा आएको छ ।

यससँगै हेटौंडा र काठमाडौं जोड्ने सम्पूर्णसडक मार्ग पूर्ण रूपमा सुचारु भएका छन् । मकवानपुरको बकैया गाउँपालिका–११ स्थित घट्टेपाखामा आएको ठूलो पहिरोहटाएपछि सोमबार साँझदेखि कान्ति लोकपथ सञ्चालनमा आएको हो ।

पहिरोका कारणबाटोमै अलपत्र परेका यात्रुहरूलाई गन्तव्यतर्फ पठाइएको छ । सडक सञ्चालनमा आए पनि उक्तक्षेत्रमा अझै पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।  कान्ति लोकपथअन्तर्गत पर्ने ठिंगनदेखि बगुवासम्मकोसडकखण्डमा खसेका तीन वटा ठूला पहिरो पन्छाउन सोमबार साँझसम्म लागेको थियो ।

यसका साथै हेटौंडा काठमाडौ जोड्ने त्रिभुवन राजपथ, भैंसे–कुलेखानी–फाखेल–बल्खु रभैंसे–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–बल्खु गरी हेटौंडा–काठमाडौं  पनि पूर्ण रूपमा सञ्चालनमा छन् ।

यद्यपि, सम्भावित जोखिमलाई मध्यनजर गर्दै यीवैकल्पिक सडक खण्डहरूमा  रातका समयमा अत्यावश्यक बाहेकका सवारी रोक लगाइएको छ ।  बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म मात्रै सवारीआवागमनका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*