मौसममा सुधारपछि काठमाडौं जाने सार्वजनिक तथा निजी सवारी साधन फाखेल हुँदै संचालन

अपरान्ह ४ बजेबाट सबै वैकल्पिक सडक मार्ग बन्द गरिने
छहारी संवाददाता
अशोज १९, २०८२

अविरल वर्षाका कारण शनिबार हेटौंडामा रोकिएका सवारी साधनलाई आइतबार बिहानबाट काठमाडौं प्रवेश गर्न दिइएको छ ।

मौसममा सुधार आएसँगै काठमाडा जानका लागी पूर्व पश्चिमबाट आएका साना सवारीलाई काठमाडौं पठाइएको छ । हेटौंडा–१ चौकीटोलस्थित प्रहरी चौकीमा रोकिएका सवारी साधनहरू तथा हेटौंडा हुँदै काठमाडौं जाने साना सवारीहरूलाई सुचारु गरिएको छ । सडक मार्गमा सार्वजनिक सवारी साधनभन्दा निजी सवारी र दुई पांग्रे सवारी बढी देखिएका थिए ।

हाल काठमाडौं आउजाउ गर्ने चारवटा सडक मार्गमध्ये हेटौंडा–फर्पिङ–फाखेल–खण्ड मात्रै सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अन्य तीन मार्ग भने पहिरोका कारण अवरुद्ध छन् ।

त्रिभुवन राजपथ अन्तर्गत बाघमारामा पहिरो खसेकाले बाटो पूर्णरूपमा बन्द छ । पहिरो हटाउने काम जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी, सातदोबाटो–ठिंगन हुँदै हेटौंडा निस्किने कान्ति लोकपथको बकैया गाउँपालिका–११ स्थित सिमात घुम्ती क्षेत्रमा ठूलो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक विभागसँगको समन्वयमा यहाँ पनि पहिरो पन्छाउने काम भइरहेको छ ।

यसैबीच, काठमाडौं–कुलेखानी–सिस्नेरीमा महालक्ष्मी खोलाको बाढीको बहावले सडक अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार अपरान्ह ४ बजेबाट सबै वैकल्पिक सडक मार्ग बन्द गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*