बागमती प्रदेश सरकारले प्रहरीका लागि ८५ वटा मोटरसाइकल उपलब्ध गराउने

जेनजी आन्दोलनका क्रममा क्षति भएका सवारीसाधनको विकल्पस्वरूप प्रहरीका लागि मोटरसाइकल उपलब्ध गराउने भएको हो।
छहारी संवाददाता
अशोज ११, २०८२

बागमती प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएका सवारीसाधनको विकल्पस्वरूप प्रहरीका लागि ८५ वटा मोटरसाइकल उपलब्ध गराउने भएको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार करिब ३ करोड रुपैयाँ बराबरका मोटरसाइकल खरिद गरी प्रहरीलाई हस्तान्तरण गर्ने निर्णय भएको हो ।

यसअनुसार इलाका प्रहरी कार्यालयका लागि ३० वटा, उपत्यका प्रहरीका लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीका लागि २५ वटा मोटरसाइकल उपलब्ध गराइने तयारी छ ।

चाडपर्वको समयमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको मन्त्री तामाङले बताउनुभयो ।

मापदण्डअनुसार अधिकतम १६० सीसी क्षमताको र ३ लाख ५० हजार रुपैयाँसम्मको मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*