हेटौंडा अस्पतालका बिरामीलाई फलफूल वितरण (तस्विरहरु)

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले शुक्रबार हेटौंडा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको छ ।
संविधान दिवसको अवसरमा बागमती प्रदेश सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा अस्पतालमा उपचाररत विरामीलाई फलफूल वितरण गरिएको हो । आपतकालीन कक्ष (इमर्जेन्सी) लगायत वार्डमा भर्ना भएका दुई सयभन्दा बढी बिरामीलाई फलफूल वितरण गरिएको हो ।
यसैक्रममा बोल्दै मुख्यमन्त्री कााियाँले हिजो र आज भर्ना भएका आर्थिक अवस्था कमजोर भएका विरामीको उपचार खर्च कांग्रेस बागमती प्रदेशले बेहोर्ने घोषणा पनि गनुृभभो । फलफूल वितरण कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, गरिबी निवारण तथा सहकारी मन्त्री बिन्दु रायमाझी, सामाजिक किासमन्त्री कञ्चनचन्द्र वादे लगायतको सहभागिता रहेको थियो ।