सबै निकायको फजुल खर्चलाई कटौती गर्ने प्रक्रिया सुरु भइसक्योः मुख्यमन्त्री बानियाँ

छहारी संवाददाता
अशोज ३, २०८२

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संवैधानिक सर्वोच्चता र विधिको शासनको मुल मर्मलाई आत्मसात् गर्दै गणतन्त्रलाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले शुक्रबार हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधा गर्दै उहाँले जनआकांक्षाको सम्बोधन र प्रदेशलाई समृद्धिको दिशामा लैजान संविधानको सफल कार्यान्वयन जरुरी भएको बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले संविधान प्रदत्त संघीय शासन प्रणालीलाई प्रभावकारी र जनमुखी तवरले सञ्चालन गर्नु प्रदेश सरकारको दायित्व रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारलाई मितव्ययी बनाई नागरिकलाई अधिकतम सेवा प्रदान गर्न सबै निकायहरुको फजुल खर्चलाई कटौती गर्ने प्रक्रिया सुरु भइसकेको बताउनुभयो ।

प्रदेशसभाबाट पारित भएको संकल्प प्रस्तावको आधारमा बजेट तर्जुमा प्रणालीमा सुधार गरी स्रोत साधनको वितरणलाई सन्तुलित बनाउने समेत उहाँले उल्लेख गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*