अखिल क्रान्तिकारी मकवानपुरद्वारा हेटौंडाको बुद्धचोकमा प्लेकार्ड प्रदर्शन (तस्विरहरु)

जेनजी आन्दोलनमा सहादत प्राप्त सहिदहरूको सम्झना तथा सम्मानमा संविधान दिवस मौन र शान्तिपूर्ण ढंगले मनाइएको हो ।
छहारी संवाददाता
अशोज ३, २०८२

अखिल क्रान्तिकारी मकवानपुरले संविधान दिवस २०८२ का अवसरमा हेटौंडाको बुद्धचोकमा प्लेकार्ड प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष बुद्धराज अर्यालको नेतृत्वमा आयोजित शान्ति र्‍याली तथा प्लेकार्ड प्रदर्शनमा नेकपा बागमती प्रदेश कमिटी सदस्य विवेक राई, माओवादीका जिल्ला नेता महेश सिग्देल, क्रान्तिकारीका केन्द्रीय सदस्य तथा पूर्व विद्यार्थी नेताहरु, अखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्य, पत्रकार प्राध्यापक लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा कुनै नारा, जुलुस वा सम्बोधन नगरी सहभागीहरूले हातमा विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्डसहित बुद्धचोक वरिपरि गोलो घेरा बनाई ३० मिनेट मौन बसेर संविधान दिवस मनाएका हुन् ।

देशमा भर्खरै सम्पन्न जेनजी आन्दोलनमा सहादत प्राप्त सहिदहरूको सम्झना तथा सम्मानमा यो दिवस मौन र शान्तिपूर्ण ढंगले मनाइएको जिल्ला अध्यक्ष अर्यालले बताउनुभयो । उहाँले संविधानले दिएका उपलब्धिहरूलाई संस्थागत गर्दै आवश्यक संशोधन मार्फत संविधानलाई थप जनमुखी र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*