बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकद्वारा औपचारिक रुपमा राजीनामा

छहारी संवाददाता
अशोज १, २०८२

बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पदबाट औपचारिक रुपमा राजीनामा दिनुभएको छ ।

भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्नुभएका पाठकले कानूनी प्रक्रिया अनुसार आज पदत्याग गर्नुभएको हो । उपसभामुखलाई सम्बोधन गरिएको राजीनामा पत्रमा, नेपालको संविधान र प्रदेश सभाको नियमावली २०७४ बमोजिम आफूले प्रदेश सभाको सभामुख पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ ।

यसैगरी, प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेश सभा सचिवालयलाई समेत यस बारेमा जानकारी गराइएको छ ।

राजीनामा पत्रमा पाठकले राष्ट्र संकटको घडीमा रहेको र नेपाली जनताको चाहना तथा युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु उचित नहुने ठहर गरी पदत्याग गर्ने निर्णय लिएको बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*