हेटौंडाको नागस्वतीमा श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

हेटौंडा–७, नागस्वतीका जेन जेड युवाहरुले आन्दोलनमा ज्यान गुमाएका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न तथा उनीहरूको बलिदानलाई स्मरण गर्दै शनिवार साँझ दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा सहभागी युवाहरुले सहिदहरूको बलिदान व्यर्थ नजाओस् भन्दै आगामी दिनमा स्थानीय तहमै सुशासन र सुधार ल्याउन आफ्नो प्रतिवद्धता जनाएका थिए। उनीहरूका अनुसार यो श्रद्धाञ्जली मात्र नभई स्थानीय सरकारलाई सन्देश पनि हो, “हामीले गुमाएका साथीहरूको बलिदानलाई व्यर्थ हुन दिनेछैनौं। घरघरबाटै परिवर्तनको थालनी हुनेछ।”
कार्यक्रम समन्वयमा नागस्वतीका युवाहरू निशान भण्डारी, सुमित पुडासैनी, सुषान्त पुडासैनी, अबिन सापकोटा, विवेक फुयाल, उज्ज्वल भट्ट, सुमित गौतम, निश्चल भट्ट, मनोज घलान लगायतका युवाहरू रहेका थिए।
सो अवसरमा १०० भन्दा बढी स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। युवाहरूले हातमा मैनबत्ती लिएर मौन श्रद्धाञ्जली दिएका थिए र भावी दिनमा राम्रो भविष्य निर्माण गर्न एकताबद्ध भएर अघि बढ्ने संकल्प पनि व्यक्त गरेका थिए।