हेटौँडा ६ स्थित गौरीटार फुटबल रंगशालाको उद्घाटन

छहारी संवाददाता
बैशाख १०, २०८२

हेटौंडा ६ स्थित गौरीटार फुटबल रंगशालाको उद्घाटन गरिएको छ ।

बुधबार आयोजित एक औपचारिक कार्यक्रमको बीच मुख्यमन्त्री बहादुर सिंह लामाले रंगशालाको उद्घाटन गर्नुभएको हो । रंगशाला परिसरमा १४ करोडको लगानीमा फुटबल रंगशाला निर्माण गरिएको हो ।

कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री लामाले रंगशालालाई व्यवस्थित गदै खेलाडी प्रशिक्षण स्थलको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । खेलुकद नियम कानुन मान्ने एउटा विधि पनि भएकोले खेलसंग भावनात्मक सम्बन्ध जोडिएको उहाँको भनाई छ ।

मुख्यमन्त्री लामाले क्रिस्टियानो रोनाल्डो, पेलेको उदाहरण दिनुहुँदै खेलाडीले राष्ट्रलाई अन्र्तराष्ट्रिय जगतमै चिनाउने बताउनुभयो । फुटबल रंगशालाबाट उत्पादन भएको खेलाडीले प्रदेशको नाम मात्र नभई देशकै नाम राख्न सक्नुपर्ने उहाँले बताउनुभयो ।

 

सामाजिक विकास मन्त्रालय मार्फत निर्मित रंगशालामा २८ सय ५० क्षमताको प्यारापिट पनि निर्माण भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*