सिम्लाङ घोषणापत्र: जिम्मेवार र मर्यादित पत्रकारितामा लाग्न अपिल

नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारितामा लाग्न अपिल गरेको छ ।
पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकासका लागि जारी गरेको घोषणापत्रमा सकारात्मक पत्रकारिताको माध्यमबाट समाजलाई जागृत गर्ने कार्यमा लाग्न सबै पत्रकारहरुलाई महासंघले आग्रह गरेको हो ।
फागुन २२ र २३ गते मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ स्थित सिम्लाङमा बसेको बैठकले जारी गरेको ८ बुद्धे सिम्लाङ घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएका र हुनसक्ने सबैखालका हस्तक्षेपको महासंघले विरोध गर्ने उल्लेख छ ।
साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा महिला नेतृत्वको सञ्चार माध्यमको दिगो र भरपर्दो विकासका लागि विशेष ध्यान दिन स्थानीय तथा प्रदेश सरकारसमक्ष महासंघले माग समेत गरेको छ ।
समानुपातिक विज्ञापन नीति लागु गर्नुका साथै स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउनुपर्ने बाध्यकारी व्यवस्था गर्न महासंघले तीनै तहका सरकार संघ, प्रदेश र स्थानीय सरकारसँग माग गरेको छ ।
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाको सिम्लाङ, मार्खु थाहा नगरपालिकाको चित्लाङ, दामन, सिमभन्ज्याङ क्षेत्रको पर्यटन विकासमा सबै सरोकारवालाले ध्यान दिन महासंघले आग्रह गरेको छ ।
घोषणपत्र: