मुख्यमन्त्री लामा दुबई जाँदै ,कार्यवाहकको जिम्मेवारी कृषिमन्त्रीलाई

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा वल्ड गभर्मेन्ट समिट २०२५ मा सहभागी हुन युनाइटेड अरब इमिरेट्स दुबई जानहुने भएको छ । माघ ३० गते मुख्यमन्त्री दुबक्षर्् प्रस्थान गर्ने कार्यक्रम रहेको छ । मुख्यमन्त्रीको अनुपस्थितीमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदेशका कृषि तथा पशुपन्छी बिकास मन्त्री प्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ ।
मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार उहाँलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोक्नुभएको हो । मुख्यमन्त्री लामा नर्फन्जेल सम्म कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय हेटौंडाले जनाएको छ ।