तस्विरमा ऐतिहासिक मकवानपुरगढीको २ सय ६२ औं विजयउत्सव

नेपालकै सबैभन्दा ठूलो ऐतिहासिक मकवानपुरगढीमा २ सय ६२ औं विजयउत्सव भव्य रुपमा मनाइएको छ । राज्यमाथि आक्रमण गर्न आएका करीब २५ सय विदेशी सेनाका फौजलाई पृथ्वीनारायण शाहको गोर्खाली सेनाले पराजित गरेको दिनको सम्झनामा मकवानपुरगढी गाउँपालिकाले हरेक वर्ष माघ १० गते विजयउत्सव मनाउँदै आएको छ ।
विजयउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले देशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेका ेऐतिहासिक मकवानपुरगढी दरवार क्षेत्रको संरक्षण एवम् प्रवद्धनका लागि बहुवर्षिय गुरुयोजना सुनिश्चित गरेर लैजानुपर्ने बताउनुभयो ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकूरीले मकवानपुरढी दरबार जीर्णोद्धारका लागि पटक पटक गरी प्रदेश सरकारले ५ करोड रुयौयाँ उपलब्ध गराएको बताउनुभयो ।
प्रमुख मकवानपुरगढी पालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले आगामी वर्षदेखि अझै व्यवस्थित र भव्य तरिकाले विजयउत्सव मनाउने बताउनुभयो । मकवानपुरगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तीनै तहको सरकारबिच समन्वय आवश्यक रहेको उहाँको भनाई छ ।
नेपाल सरकारले देशका एक सय वटा महत्वपूर्ण गन्तव्य भित्र मकवानपरगढीलाई पनि समेटेको छ । हाल पुरातात्विक विभागसँगको समन्वयमा गढी दरबार क्षेत्रको जिर्णोद्धार कार्य भैरहेको छ ।