वन विज्ञान संकाय हेटौंडामा तालाबन्दी गर्ने नेसिंघको कार्यक्रम बिफल

छहारी संवाददाता
भदौ १७, २०८१

कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय हेटौंडामा तालाबन्दी गर्न पुगेका नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुलाई अन्य विद्यार्थी संगठनका विद्यार्थीहरुले रोकेका छन् ।

रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी संघका विद्यार्थीमाथि भएको सांघातिक हमलाको विषयलाई लिएर विरोधमा रहेको नेवसंघले देशैभरीका वन विज्ञान क्याम्पसहरुमा तालाबन्दीको कार्यक्रम राखेको थियो । यद्यपी हेटौंडामा भने अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले क्याम्पसमा नाराबाजी गर्दै नेसिंघको तालाबन्दी कार्यक्रम बिफल बनाएका हुन् ।

उनिहरुले परिक्षा तालिका सार्वजनिक भइसकेको, केहि कक्षाहरु संचालन भइरहेको अवस्थामा तालाबन्दी गररे पठन पाठनमा अवरोध पुर्याउन उचित नरहेको भन्दै विरोध गरेका हुन् । वन विज्ञान संकायका अन्तिम सेमिस्टरका विद्यार्थी अनिल सुबेदीले यसअघि पनि पटक पटक विभिन्न कारणले पठनपाठन अवरुद्ध भइ ४ वर्षे कोर्ष सकिन पाँच वर्ष लागेको गुनासो गर्नुभयो । कारण जे भएपनि अन्तिम परिक्षाको मुखैमा पुनः तालाबन्दी आफुहरुलाई स्विकार्य नहुने उहाँले बताउनुभयो ।

यता नेविसंघले घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन दबाब दिन उदेश्यले देशरभरका वन विज्ञान संकायमा तालाबन्दी गर्न लागिएको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य मिलन पुडासैनीले बताउनुभयो ।
भदौ १३ गते रामपुर कृषि क्याम्पस, चितवनमा एमाले निकट अनेरास्ववियु र नेविसंघका विद्यार्थीबीच झडप हुँदा नेविसंघका केहि विद्यार्थी घाइते भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*