नवौं राष्ट्रिय हेटौंडा भेट्रान्सः फाइनलमा किङ्गकम र फ्रेण्डसिप भिड्ने

फाइनल खेल शनिवार दिउँसो २ बजे हुने
छहारी संवाददाता
२५ फाल्गुन २०८०, शुक्रबार १८:२३

किङ्गकम भेट्रान्स काठमाडौं र बानेश्वर फ्रेण्डसिप काठमाडौंं हेटौंडामा जारी नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साईड रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।

हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हेटौडा ५ क्याम्पाचौरमा जारी प्रतियोगितामा शक्रबारको पहिलो खेलमा एबिसि भेट्रान्स पोखरालाई पराजित गर्दै किङकम फाइनल प्रवेश गरेको हो भने दोस्रो खेलमा बगरभाई खलक भेट्रान्स पोखरालाई पराजित गर्दै बानेश्वर फाइनल प्रवेश गरेको हो ।

किङ्गकम भेट्रान्सको जितका लागि खेलको २४ औं मिनेटमा जगतमान लामाले गरेको एकमात्र गोल निर्णायक बनेको थियो । खेलको म्यान अफ द म्याच गोलकर्ता लामा घोषित भए ।

यस्तै बानेश्वरको जितका लागि खेलको २९ आंै मिनेटमा राजु पुलामीले गोल गरेका थिए । यसअघि खेलको २६ औं मिनेटमा बगरभाइको तर्फबाट मनोज गुरुङले गोल गरेका थिए । निर्धारित समयमा खेल बराबरी भएपछि ट्राइब्रेकरमा पुगेको थियो । खेलमा बानेश्वरका राजु पुलामी म्यान अफ द म्याच घोषित भएका थिए ।

फाइनल खेल शनिवार दिउँसो २ बजे हुनेछ । प्रतियोगिताको विजेताले एक लाख एघार हजार एकसय ११ रुपैयाँ र उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*