हेटौंडामा बृहत खेलकुद तथा व्यापार महोत्सव सुरु

छहारी संवाददाता
पुस ५, २०८०

हेटौंडामा बृहत खेलकुद तथा व्यापार महोत्सव सुरु भएको छ ।

विहीबारबाट महोत्सव सुरु भएको हो । हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा सुरु भएको खेलकुद तथा व्यापार महोत्सवको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले उद्घाटन गर्नुभयो ।

जिल्ला खेलकुद सवकास समिति अध्यक्ष भेष खड्कीको अध्यक्षतामा तथा कार्यक्रममा विभिन्न धर्म संस्कृतिका झाँकी तथा महिलाहरुद्धारा पञ्चेबाजा प्रदर्शनी गरिएको थियो । र्याली सहित हेटौंडाबजार परिक्रममा गरी विद्यार्थी, खेलाडी, विभिन्न झाँकी सहित प्रदर्शनी स्थल पुगेको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरका प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, निवर्तमान नगर प्रमुख हरि बहादुर महत, हेटौंडाका वडा अध्यक्षहरु, शिक्षाविद् पुरन बहादुर जोशी, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न खेलकुद सम्बन्ध संघसंस्थाका अध्यक्षहरु, औद्योगिक शान्ति नेपाल संस्थाका प्रमुख सन्दिप महत लगायत विभिन्न संस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।

१७ गतेसम्म हुने महोत्समा २ सय ६० वटा स्टल रहेका छन् । यस्तै मेला अवधिभर सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिक रुपमा खेलकुद प्रतियोगिता हुने आयोजकले जनाएको छ । यस्तै महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगितासहित १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*