हेटौंडा अस्पतालमा २५ सैयाको मनोचिकित्सा वार्ड संचालनमा ल्याईदै

छहारी संवाददाता
२२ आश्विन २०८०, सोमबार ०३:५४

बागमती प्रदेशको राजधानी हेटौंडाको जिल्ला अस्पतालमा मानसिक रोगीको उपचारका लागि २५ सैयाको मनोचिकित्सा वार्ड संचालनमा आउने भएको छ ।

सोमबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पत्रकार सम्मेलन गरी २५ सैयाको मनोचिकित्सा वार्ड सहित ओपीडि सेवा सुरु गर्न लागेको जानकारी दिएको हो ।

अक्टोबर १० मा मनाइने विश्व मानसिक स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचनले तीन जना डाक्टर सहितको टोलीबाट मानसिक स्वास्थ्य उपचार दिन लागिएको जानकारी दिनुभयो ।

उहाँले मानव सेवा आश्रममा ३० सैया क्षमताको मानसिक स्वास्थ्य पुर्नस्थापना केन्द्र सञ्चालन रहेको समेत बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका डिन दुर्गा मिश्र खड्का, स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. खगेन्द्र गेलाल, शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचन,स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजार, अस्पतालका रजिष्ट्रार राजेश प्रसाईं, मेसु डा. रामचन्द्र सापकोटा लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*