शुक्रबारबाट प्रथम अन्तर विद्यालय जुनियर तेक्वान्दो प्रतियोगिता आयोजना हुने

छहारी संवाददाता
२८ भाद्र २०८०, बिहीबार १८:१३

श्रीकृष्ण आदर्श ईङलिस बोर्डिङ स्कुलले प्रथम अन्तर विद्यालय जुनियर तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

स्कुलले बिहिबार पत्रकार सम्मेलन गर्दै भोलिबाट हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । राष्ट्रिय तेक्वान्दो संघको प्राविधिक सहयोगमा शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बिद्यालयका सञ्चालक नविन केसीले जानकारी दिनुभयो ।

सञ्चालक केसीले बालबालिकाहरुलाई अतिरिक्त कृयाकलापमा सहभागि गराएर शारिरीक रुपमा स्वस्थ बनाउने उदेश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउनुभयो । प्रतियोगितामा जिल्लाका सामुदायिक तथा संस्थागत २० विद्यालयका करीब २ सय विद्यार्थीको सहभागिता रहनेछ ।

प्रतियोगितामा सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको समन्वयमा छात्राहरुलाई यौनजन्य दब्र्यवहार बिरुद्धको सचेतना तथा आत्मरक्षा तालिम समेत प्रदान गरिने बताईएको छ ।

केन्द्रका अध्यक्ष राम बिष्टले पछिल्लो समयमा बालिकामाथि यौनजन्य दुव्र्यवहारहरु बढ्दै गएकोले प्रतिकारका लागि केन्द्रले आत्मरक्षा तालिम प्रदान गर्न लागेको बताउनुभयो । उहाँले अभियानकै रुपमा हरेक विद्यालयमा आत्मरक्षा तालिम सञ्चालन गर्ने उदेश्य रहेको समेत जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि करीब ३ लाख लागत लाग्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*