महिला विश्व कप : अन्तिम आज अन्तिम १६ का दुई वटा खेल हुँदै

छहारी संवाददाता
२१ श्रावण २०८०, आईतवार ०७:५५

फिफा महिला विश्व कप फुटबलमा आज अन्तिम १६ का दुई वटा खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा स्विडेन र अमेरिका खेल्दैछन् ।

नेपाली समय अनुसार आज हुने पहिलो खेलमा बिहान पौने ८ बजे नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा दिउँसो पौने ३ बजे स्वीडेन र अमेरिकाबीच खेल हुनेछ ।

महिला विश्वकप फुटबलमा हिजो भएका खेलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन र नर्वेलाई हराउँदै जापान क्वाटरफाइनलमा पुगेका छन् । न्युजिल्यान्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ । उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*