हेटौंडामा राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने, उपाधि विजेतालाई १ लाख

छहारी संवाददाता
बैशाख २८, २०८०

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाम भोलि शुक्रबारबाट ‘हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८०’ सुरु हुने भएको छ ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका निर्देशक समेत रहेका नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम बहादुर लामाले तयारी पूरा भएको जानकारी दिए । उनले हेटौंडा ११ स्थित होटल स्मारकमा हुने प्रतियोगितामा स्विस लिग प्रणाली अन्तर्गत ९ खेल खेलाइने बताए ।

उनले प्रतियोगितामा देशभरबाट ९० जना खेलाडीहरुले सहभागिता जनाउने अनुमान रहेको र आज बिहानसम्ममा ८१ जना खेलाडीले प्रतियागितामा सहभागि हुन नाम दर्ता गराएको बताए ।

प्रतियोगिता जेठ २ गतेसम्म ५ दिन सञ्चालन हुनेछ । मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौंडा चेस क्लब र नेपाल खेलकुद माहासंघको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको उपाधि विजेताले १ लाख नगद प्राप्त गर्ने प्रतियोगिताको आयोजक मकवानपुर जिल्ला बुद्धिचाल संघका जिल्ला अध्यक्ष मनोज श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगतामा दोस्रो हुनेले ५० हजार रुपैयाँ, तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा चौथो र पाँचौँ हुनेले २० २० हजार नगद प्राप्त गर्नेछन् ।

यसैगरी, छैटौँदेखि दशौँसम्म हुनेले नगद १५र१५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विद्यागत तर्फ उत्कृष्ट लोकलले १० हजार, उत्कृष्ट महिलाले १० हजार, उत्कृष्ट भेट्रान्स ९५५ वर्ष उमेर समूह०ले १० हजार, उत्कृष्ट जुनियर ९अन्डर १२, १४, १६ र १८० ४ जनाले १० १० हजार प्राप्त गर्ने छन् ।

यसैगरी, उत्कृष्ट अन रेटेडलाई १० हजार र उत्कृष्ट रेटिङ बिलो ९१८ सय, १६ सय र १४ सय भन्दा कम० भएका प्रत्यकले १०र१० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उपाधि विजेतासहित २१ जनाले नगद पुरुस्कार प्राप्त गर्नेछन् ।

प्रतिगिताको उद्घाटन भोलि बिहान ८ बजे हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता सञ्चालनको लागि २० लाख २ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितालाई हेटौंडा उपमहानगरले मुख्य प्रायोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*