हेटौंडा बचतको निशुल्क स्वास्थ्य शिविरमा ९ सय जनाले सेवा लिए

हेटौंडा उपमहानगरपालिका—७ स्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरमा ९ सय जनाले सेवा लिएका छन् ।
काठमाडौं शिक्षण अस्पताल र लायन्स तथा लियो क्लब भक्तपुर सिद्धकालीको प्राविधिक सहयोगमा एक दिने वृहत् स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले उद्घाटन गर्नुभएको थियो । हेटौंडा ७ मा रहेको नागश्वती शहरी स्वास्थ्य केन्द्रमा भएको शिविरबाट सबैभन्दा बढी हाड जोर्नी तथा नशा रोगका बिरामीले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा जनरल फिजिसियन, स्त्रीरोग, दन्तरोग, नाक कान घाँटी, दन्त परिक्षण, आँखा जाँचका साथै ल्याब, इसिजि र भिडियो एक्सरे सेवा समेत उपलब्ध गराइएको थियो । शिविरमा बिरामिको जाँचका साथै आवश्यक औषधि समेत निशुल्क उपलब्ध गरिएको सहकारीका अध्यक्ष इन्द्र बहादुर बस्नेतले जानकारी दिनुभया । सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा विविध कार्य गर्दै आएको छ । हेटौंडा ७ नागश्वतीमा मुख्य कार्यालय रहेको सहकारीले ३ वटा सेवा केन्द्र मार्फत् थप सेवा उपलब्ध गराउँदै आएको छ । ६ हजार ६ सय ९३ सेयर सदस्य आबद्ध रहेको यस संस्थाको माघ महिना सम्मको कारोबार ६६ करोड ३८ लाख रहेको छ ।