मकवानपुर गोल्डकप २०७९ को उपाधि मनाङ मर्स्याङ्दीको पोल्टामा

छहारी संवाददाता
फाल्गुन १०, २०७९

पाँचौं संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा मंगलबार भएको फाइनलमा हिमालयन शेर्पालाई १९० गोलले पराजित गर्दै मनाङले उपाधि उचालेको हो ।

मनाङलाई उपाधि दिलाउन एक मात्र गोल जर्सी नम्बर ७ का खेलाडी रोशन रानामगरले गरेका हुन् । निकै नै प्रतिष्पर्धात्मक भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । दोस्रो हाफको ७८ औं मिनेटमा रोशनले गोल गर्दै मनाङलाई उपाधि दिलाउन सफल भए ।

विजेताको उपाधिसंगै मनाङले नगद १५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको मिालयन शेर्पाले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आजको खेलको अफ दी म्याच मनाङलाई उपाधि दिलाउन सफल रोशन रानामयर घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै मनाङका कप्तान तथा गोलकिपर दीप कार्कीले बुलेट बाइक प्राप्त गरे । यस्तै उत्कृष्ट गोल किपर मनाङका दीप कार्की, डिफेन्डर हिमालयन शेर्पाका अमित श्रेष्ठ , मिडफिल्डर मनाङका कमल थापा, फरवार्ड शेर्पाका योमी र उत्कृष्ट प्रशिक्षक मनाङका किरण श्रेष्ठ घोषित भए । उनीहरुले जनही २५–२५ हजार रुपैयाँ प्राप्त गरे । माघ २८ गते सुरु भएको प्रतियोगितामा १२ क्लबको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*