संघीयताको अवधारणा अनुसार देशका सातवटै प्रदेशलाई सुविधा सम्पन्न बनाउनु पर्छः राष्ट्रपति भण्डारी

छहारी संवाददाता
फाल्गुन ९, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयताको संस्थागत विकासमा जोड दिनु भएको छ ।

मंगलबार हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संघीयताको अवधारणा अनुसार देशका सातवटै प्रदेशलाई सुविधा सम्पन्न बनाउनु पर्नेमा जोड दिनु भएको हो ।

संविधानले व्यवस्था गरेको नागरिकहरुको मौलिक हक अन्तर्गतको गुणस्तरिय स्वास्थ्य सेवाको प्राप्तीमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघाउ पुर्‍याउने राष्ट्रपतिले विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले संघीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको हेटौंडा अस्पतालको ३ तले भवनको उद्घाटन गर्नु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*