मकवानपुर गोल्डकप २०७९ः फागुन १० गते हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दीको फाइनल भिडन्त पक्का

छहारी संवाददाता
फाल्गुन ८, २०७९

हिमालयन शेर्पा क्लब स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा सोमबार भएको दोस्रो सेमिफाइनलमा क्यामरुनि क्लब एभिनियर एफसीलाई पराजित गर्दै हिमालयन शेर्पा फाइनलमा प्रवेश गरेको हो ।

हिमालयन शेर्पाले एभिनियर एफसीलाई १-० गोलले पराजित गरेको हो । हिमालयन क्लबका सुनिल श्रेष्ठले ५२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । आजको खेलको म्यान अफ दि म्याच शेर्पाका सुनिल श्रेष्ठ घोषित भए । उनले नगद दश हजार रुपैया प्राप्त गरेका छन् ।

हिमालयन शेर्पाको फाइनल भिडन्त मनाङ मर्स्याङ्दीसंग हुनेछ । आइतबार भएको पहिलो सेमिफाइलनमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै मनाङ फाइनलमा प्रवेश गरेको हो ।

फाइनल खेल फागुन १० गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*