हेटौंडा अस्पतालको नयाँ भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी आउने

छहारी संवाददाता
७ फाल्गुन २०७९, आईतवार १९:३६

हेटौंडा अस्पतालको नयाँ भवन उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आउनु हुने भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले आइतबार पत्रकार सम्मलेन गरी राष्ट्रपति फागुन ९ गते हेटौंडा आउने जानकारी दिएको हो ।

अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागार्इका अनुसार राष्ट्रपति भण्डारी आउने कार्यक्रम तय भएसंगै तयारी तिव्र पारिएको छ । अस्पतालको भवन वरपर सरसफाई तथा रंगरोगन, मन्च व्यवस्थापन, प्रचार प्रसार तथा सुरक्षा व्यवस्थाको कामलाई तिव्रता दिएको चौलागाईले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*