मकवानपुर गोल्डकप २०७९ः हिमालयन शेर्पा अन्तिम आठमा प्रवेश

बुधबार एभिनीएर एफसी र वीरगंज युथ एकेडेमी भिड्ने
छहारी संवाददाता
२ फाल्गुन २०७९, मंगलवार १८:२९

बागमती युथ क्लब सर्लाहीलाई पराजित गर्दै हिमालयन शेर्पा स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा मंगलबार भएको खेलमा बागमती युथलाई २–१ गोलले पराजित गर्दै हिमालयन शेर्पा अन्तिम आठमा प्रवेश गरेको हो । हिमालयन शेर्पालाई जित दिलाउन जसी नम्बर ८ का खेलाडी यमिले ३७ औं र जसी नम्बर ९ का खेलाडी निशान लिम्बुले ६४ औं मिनेटमा गोल गरेको थिए ।

बागमती युथको लागि सान्त्वना गोल सनम धिमालले गरे । आजको खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका निशान लिम्बू भएका छन् । बुधबारको खेल एभिनीएर एफसी र वीरगंज युथ एकेडेमीबीच हुनेछ ।

प्रतियोगितामा १२ टीमको सहभागिता छ । फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*