मकवानपुर गोल्डकप २०७९ः ए पी एफ क्वाटरफाइनलमा प्रवेश

सोमबार टिम एन आर टी र वीरगञ्ज युथ एकेडेमी भिड्ने
छहारी संवाददाता
२९ माघ २०७९, आईतवार १८:४५

ए पी एफ क्लब,स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा आइतबार भएको दोस्रो दिनको खेलमा सातदोबाटो क्लबलाई १–० गोलले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

ए पी एफको जितका लागि युवराज खड्काले गरेको १ गोल नै निर्णायक बन्यो । खड्काले खेलको ५ औं मिनेटमा गोल गरेका थिए । आजको खेलको म्यान अफ दी म्याच ए पी एफका मणि लामा घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरेका छन् । सोमबारको खेलमा न्यूरोड टिम एनआरटी र वीरगञ्ज युथ एकेडेमी भिड्नेछन् ।

प्रतियोगितामा १२ टीमको सहभागिता छ । फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई लगातार तेस्रो पटक यस वर्ष पनि हेटौंडा स्कुल अफ म्यानेजमेन्टले बुलेट बाइकको व्यवस्था गरेको छ । विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*