बाल जागृती युवा वर्ष माविमा निःशुल्क स्वास्थ शिविर

उपमेयर बाँनियाले प्रेसर जाँच गराए
छहारी संवाददाता
माघ २८, २०७९

हेटौंडा उपमहानगरपालिका ६ स्थित बाल जागृती युवा वर्ष माध्यामिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बाँनियाको प्रेसर जाँच गरेर शिविर उद्घाटन गरिएको थियोे ।

६ नम्बर वडा कार्यालय र चौघडा स्वास्थ्य चौकीको सहकार्यमा निशुल्क दन्त रोग, हाड जोर्नी तथा नशा रोग सम्बन्धि शिविर सञ्चालन गरिएको हो । शिविरबाट करीब २ सय जनाले स्वास्थ्य जाँच गराएको विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीले बताउनुभयो ।

शिविरमा १ सय ८ जनाको दन्त सेवा तथा ८८ जनाले हाड जोर्नी तथा नशा रोग सम्बन्धि उपचार गराएको प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो । शिविरमा स्वास्थ्य परीक्षण साथै परामर्श र निःशुल्क फिजियोथेरापी सेवा समेत प्रदान गरिएको थियो ।

राप्ती डेन्टल क्लिनिक र म्यानुयल थेरापी, पेन रिलिफ एण्ड रिह्याबिलिटेसनको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा बिरामीका लागि आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा ६ नम्बर वडाका अध्यक्ष विष्णु बहादुर दाहाल, पुर्व वडा अध्यक्ष चौँलागाईं , स्वास्थ्य चौकी चौघडाका इन्चार्ज टि.एन ढुङ्गेल लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*