मकवानपुर गोल्डकप फुटबलको तयारी लगभग पुरा

छहारी संवाददाता
२६ माघ २०७९, बिहीबार १८:२१

स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी लगभग पुरा भएको आयोजकले जनाएको छ । यही माघ २८ गतेदेखि सुरु हुने मकवानपुर गोल्डकप फुटबलको यो पाँचौ संस्करण हो । प्रतियोगितामा १२ क्लबको सहभागिता रहने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

प्रतियोगितामा फ्रेण्डस् क्लब, हिमालयन शेर्पा क्लब, सर्लाहीको बागमती युवा क्लब, एनआरटी फुटबल क्लब, विरगंज युनाइटेड, एमिनियर एफ.सि, मनाङ मस्र्याङ्दी क्लब, नव जनजागृति युवा क्लब, मकवानपुर ११, सातदोबाटो क्लब, नेपाल ए पि एफ क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहनेछ ।

हेटौंडा ५ स्थित क्याम्पा रंगशालामा फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई लगातार तेस्रो पटक यस वर्ष पनि हेटौंडा स्कुल अफ म्यानेजमेन्टले बुलेट बाइकको व्यवस्था गरेको छ ।

विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिता बारे जानकारी दिन बिहिबिार आयोजित पत्रकार सम्मेलनमा आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्की, जिल्ला फुबल संघ मकवानपुरका अध्यक्ष टिका लामा, एन्फ बागमती प्रदेशका अध्यक्ष राजेन्द्र श्रेष्ठ, लगायतकाको आतिथ्यता रहेको थियो ।

पत्रकार सम्मेलनमा हेटौंडा वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । माघ २८ गते हुने प्रतियोगिताको उद्य्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाले गर्नुहुनेछ भने फागुन १० गते समापनको दिन नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउनु हुने आयोजकले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*