दुर्घटना अपडेटः इन्द्रसरोवरमा सुमो दुर्घना हुँदा १ जनाको मृत्यु

छहारी संवाददाता
मंसिर ७, २०७९

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सुमो दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । मृतकको परिचय खुल्न बाँकी छ ।

इन्द्रसरोबर गाउँपालिकाको सल्लेमा भएको सुमो दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । उनिहरुलाइ उपचारको लागि काठमाडौं पठाइएका घटनास्थलबाट छहारीकर्मी भावना रिजालले जानकारी दिनुभयो ।

विरगंजबाट काठमाडौंका लागि छुटेको ना १ ज ४४६६ नम्बरको सुमो भिरबाट २ सय मिटर तल खोलामा खसेको हो । दुर्घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*