मौलिक सांस्कृतिक पर्वहरुले एकता, भाइचारा र सहिष्णुता अभिवृद्धि गर्नेछः बागमती प्रदेश प्रमुख शर्मा

छहारी संवाददाता
१६ आश्विन २०७९, आईतवार १५:२३

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले दशैं, तिहारलगायत नेपालीहरुको चाडहरुको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख शर्माले आज आइतबार शुभकामना सन्देश जारी गर्नुहुँदै यी चाडहरुका सन्दर्भमा बागमती प्रदेशबासी तथा समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको हो ।

‘हामी नेपालीहरुको महान चाड बडा दशैं, तिहार, नेपाल संवत ११४३, छठ, इदलगायत चाडपर्वका अवसरमा बागमती प्रदेशबासी तथा समस्त नेपाली दाजुभाई–दिदिबहिनीहरुमा सुख, समृद्धि, शान्ति, सुस्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।’ शुभकामना सन्देशमा उल्लेख छ ।

प्रमुखको सन्देशमा हाम्रो देशमा मनाइने मौलिक सांस्कृतिक पर्वहरुले एकता, भाइचारा र सहिष्णुता अभिवृद्धि गर्ने जनाइएको छ । ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देशमा मनाइने मौलिक सांस्कृतिक पर्वहरुले एकता, भाइचारा र सहिष्णुता अभिवृद्धि गर्नेछ ।’ शुभकामना सन्देशमा भनिएको छ ।

यस्तै, आपसी मेलमिलाप एवं सद्भाव अझ प्रगाढ बनाउन पनि पर्वहरुले भूमिका खेल्ने प्रदेश प्रमुख शर्माको भनाई छ । साथै, उहाँले यी पर्वहरुले हामीलाई एउटै सुत्रमा बाँधेर सबल तथा समृद्ध राष्ट्र निर्माणमा अहम् भूमिका निर्वाह गर्ने पनि विश्वास व्यक्त गर्नुभएको छ । हामीबीच विकसित भएका सकारात्मक परम्परा तथा पर्वहरुप्रति गौरवबोध गर्न सक्नुपर्नेमा प्रमुख शर्माको जोड छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*