‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डको लागि सिफारिस

छहारी संवाददाता
४ आश्विन २०७९, मंगलवार १६:३७

हेटौंडेली निर्देशक सुजित बिडारीद्वारा निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डको लागि सिफारिसमा परेको छ।

अमेरिकामा हुने ९५ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ ।

समितिलाई प्राप्त तीन चलचित्र मध्य ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको हो । राधा, प्रकाश र ऐना झ्यालको पुतलीले ओस्कार अवार्ड सिफारिसका लागि समिति समक्ष निवेदन दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*