पछिल्लो २४ घण्टामा देशभर २२१ जना कोरोनाका नयाँ संक्रमित फेला

छहारी संवाददाता
भदौ २०, २०७९

पछिल्लो २४ घण्टामा देशभर २२१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट १२२ र एन्टिजेन परीक्षणबाट ९९ जनामा कोरोना पुष्टि भएको हो । २४ घण्टामा १५१९ पीसीआर र २५३९ एन्टिजेन गरी ४०५८ कोरोना परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच २०६ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन। अहिले देशभर सक्रिय संक्रमितको संख्या २४४४ रहेको मन्त्रालयले जानकारी दिएको छ।

यसमध्ये २३१२ होम आइसोलेसनमा रहँदा १३२ जना संस्थागत आइसोलेसनमा छन्। ३८ जना आइसीयूमा रहेकोमा ३ जनालाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*