३५ किलो लागुऔषध गाँजा सहित ५ जना पक्राउ

छहारी संवाददाता
चैत्र २७, २०७८

प्र्रहरीले ३५ किलो लागुऔषध गाँजासहित मनहरीबाट ५ जना पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनिहरुलाई फक्राउ गरेको हो । मनहरी ६ स्थित पूर्व पश्‍चिम लोकमार्ग सडकखण्डमा चितवनबाट हेटौंडा आउँदै गरेको बा ८ ख ८१०६ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा ३५ किलो लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

बसको पछाडीको सिटमा सवार चितवन राप्ती नगरपालिका वडा नम्बर १ बस्ने १९ बर्षका सरोज तामाङ, वडा नम्बर ११ बस्ने २५ वर्षका सुर्य बहादुर स्याङबो, २८ बर्षका होमनाथ मुक्तान, २५ बर्षका यमराज मुक्तान र ३४ बर्षका एबी लाल तामाङ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको जिल्ला प्रहरीका कार्यालय मकवानपुरका प्रहरी निरिक्षक प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकाारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*