मन्त्री लामाद्वारा भक्तपुर अस्पताल र आयुर्वेद केन्द्रको निरीक्षण

छहारी संवाददाता
३ माघ २०७८, सोमबार २०:४८

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले भक्तपुरका दुई स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् ।

लामाले भक्तपुर अस्पताल र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको निरीक्षण गरेका हुन् । लामाले भक्तपुर अस्पतालले कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवं उपचारमा गरिरहेको कामबारे निरीक्षण गरेका छन् । त्यसैगरी जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रले प्रवाह गरिरहेको उपचार सेवाबारे समेत मन्त्री लामाले निरीक्षण गरेका थिए ।

निरीक्षण पछि मन्त्री लामाले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेकाले उपचारका लागि प्रतिवद्ध भएर लाग्न निर्देशन दिए । उनले मन्त्रालय कोरोना संक्रमणको जोखिम न्यूनिकरण, रोकथाम एवं संक्रमितहरूको उपचारमा दृढ रहेको भन्दै मन्त्रालयले सबै खाले व्यवस्थापन गर्नेमा ढुक्क हुन निर्देशन दिए ।

मन्त्री लामालाई भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डा. नरेन्द्र गिरीले स्वास्थ्य संस्थाले गरिरहेका तयारी र नियमित कामबारे अवगत गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*