बागमती प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम स्वीकृत

छहारी संवाददाता
२९ पुष २०७८, बिहीबार ०९:१९

बागमती प्रदेश सरकारले साझा न्यूनतम कार्यक्रम स्वीकृत गरेको छ । प्रदेशको मन्त्रिरिषद्को निर्णय अनुसार बागमती प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम, २०७८ स्वीकृत भएको हो । कात्तिक ११ गते मुख्यमन्त्री बेन्नु भएका राजेन्द्रप्रसाद पाण्डेले ५७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नु भएको हो ।

प्रदेश सरकारका मुख्य प्राथमिकतामा कोभिड–१९ को महामारीबाट प्रदेशबासी नागरिकको जीवन रक्षा गर्ने, संविधानको सर्वोच्चता, कानूनी राज्य र सुशासनको प्रत्याभूति दिलाउने गरी सरकार सञ्चालन गर्ने लगायतका कार्यक्रम राखेर साझा न्यूनतम कार्यक्रम स्वीकृत गरेको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेका निजी सचिब अच्युत लामिछानेले बताउनुभयो ।

संघीयताको कार्यान्वयनका लागि संघीय सरकार र स्थानीय तहसँग समन्वय र सहकार्यलाई मजबुत बनाउँदै प्रदेश तहको संवैधानिक क्षेत्राधिकार बमोजिम प्रदेश सरकार संचालन गर्ने, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच स्थापित गर्ने, आर्थिक र सामाजिक रुपान्तरणको आधार निर्माण गर्दै उच्च र समन्यायिक आर्थिक विकासमा जोड दिने, उत्पादनमुखि अर्थतन्त्रमा जोड, आपूर्ति व्यवस्थामा सुधार, महङ्गी नियन्त्रण तथा भ्रष्टचारप्रति शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने लगायतका कार्यक्रम स्वीकृत गरिएको मुख्यमन्त्री कार्यालयका आठौ तहका अधिकृत रमेश सुवेदीले बताउनुभयो ।

कोभिड–१९ का कारण बढी प्रभावित क्षेत्रको उत्थान तथा कोभिड–१९ बाट प्रभावित श्रमजीवि, विपन्न, बेरोजगार लक्षित कार्यक्रम सञ्चालन गर्ने, बाढि, पहिरो, आगलागि, डुवान तथा अन्य प्राकृतिक विपत्तिमा परेका जनताको उद्दार, राहत तथा पुनर्स्थापनाका कार्यहरु गर्ने, यस विषयमा स्वयम् सेवक तालीम दिई विपद् व्यवस्थापन सम्बन्धी कार्यलाई प्रभावकारी बनाउने जस्ता विषयहरु समावेश भएका छन् । संयुक्त सरकारका नीति र कार्यक्रम अन्तर्गत ५७ वटा वुदाहरुमा विभिन्न क्षेत्रहरु समेटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*