नेपालमा पुनः संक्रमित बढ्दै, बिहिबार ५४० जनामा कोरोना पुष्टि, एक संक्रमितको मृत्यु

छहारी संवाददाता
२२ पुष २०७८, बिहीबार १७:३६

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । बिहिबार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

थपिएकासंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २६ हजार ९२५ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५४० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पुस १८ गते २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता हरेक दिन संक्रमितको संख्या बढिरहेको छ । पुस १९ मा ३२६, पुस २० मा ३९६ र पुस २१ गते ४३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप एक संक्रमितको मृत्यु भएसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०२ पुगेको छ । यस्तै बिहिबार २७१ जना निको भएसंगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १३ हजार ४४७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर ५ हजार ४३१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*