तीन विद्यालयका १७ जनामा कोरोना देखिएपछि विद्यालय बन्द

छहारी संवाददाता
पुस २२, २०७८

दाङमा तीन विद्यालयका विद्यार्थी, शिक्षक गरी १७ जनालाई कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।

दाङको तुलसीपुर उप महानगरपालिका– ८ मा रहेको अस्वारा मावि, तुलसीपुर– ६ मा रहेका राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको, हेल्थपाटी डटकमले लेखेको छ ।

तुलसीपुर उपमहानगरपालिकाक जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार यी विद्यालयमा गरी ११ विद्यार्थी र ६ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

धेरै जनामा संक्रमण भेटिएको आस्वारा मावि एकसाताका लागि बन्द गरिएको छ । उनीहरुमा नयाँ भरियन्ट ओमीक्रोन रहे नरहेको परीक्षण गर्न नमूना जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*