कोरोना विरुद्धको अतिरिक्त मात्राको खोप अभियान स्थगित
सरकारले कोरोना विरुद्धको अतिरिक्त मात्राको खोप अभियान हाललाई स्थगित गरेको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङकाक क्रममा प्रवक्ता सङ्गीता कौशल मिश्राले सो जानकारी दिनुभएको हो ।
सबै नागरिकलाई पूर्ण मात्राको खोप उपलब्ध गराउन महत्वपूर्ण रहेको भन्दै हाललाई अतिरिक्त मात्राको खोप अभियान स्थगित गरिएको हेल्थपाटी डटकमले लेखेको छ । सरकारले थप प्राविधिक विषय तयारी र छलफल गरी माघमा यसबारे जानकारी गराउने समेत उहाँले जानकारी दिनुभयो ।
यसअघि सोमबार रोग प्रतिरोधात्मक क्षमता कम भएका, दीर्घ रोगी लगायत निश्चित लक्षित समूहका व्यक्तिलाई अतिरिक्त खोप उपलब्ध गराउने भनेर मन्त्रालयले सूचना जारी गरेको थियो ।