कोरोनाका कारण मंगलबार ३ जनाको मृत्यु, देशभर ३९३ जना संक्रमित थपिए

छहारी संवाददाता
पुस २०, २०७८

नेपालमा कोरोना संक्रमणका कारण मंगलबार ३ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६ सय एक पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३९३ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै देशभर संक्रमितको संख्या ८ लाख १२ हजार नौ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार २६३ जना कोरोनामुक्त भएका छन् ।

अहिले नेपालमा ५ हजार ९४ जना संक्रिय संक्रमित रहेका छन् । यसैबीच २४ घण्टामा ३ लाख १६ हजार ७७४ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*