मिस मकवानपुर सिजन ३ को ग्राण्ड फिनाले यहि पुष १५ गते हेटौंडामा हुने

छहारी संवाददाता
१२ पुष २०७८, सोमबार २०:१३

मिस मकवानपुर सिजन ३ को ग्राण्ड फिनाले यहि पुष १५ गते बिहिबार हेटौंडामा हुने भएको छ ।

कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा।लिका अध्यक्ष सुजन श्रेष्ठले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै क्लब हेटौंडामा दिउँसो १२ बजेबाट कार्यक्रम सुरु हुने जानकारी दिनुभयो । उहाँले २७ जना प्रतियोगीबाट छनौट जना फिनालेमा आइपुगेको बताउनुभयो ।

मकवानपुर सहित छिमेकी जिल्लाहरुबाट पनि प्रतियोगिहरु सहभागि भएको जानकारी दिँदै उहाँले सुरुवात देखी फिनालेसम्म करिब १५ लाख खर्च हुने बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई चादीँको ताज सहित नगद एक लाख, संघसंस्थाको ब्राण्ड एम्ब्यासेडरका साथै दुई रात तीन दिनको स्वेदश भ्रमण, फिटनेसको निशुल्क प्रशिक्षण सेवाका साथमा अन्य थुप्रै पुरस्कारहरुको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै दोस्रो हुनेलाई ताज सहित ५० हजार नगद, फ्रि फोटो सुट, दुई रात तीन दिनको स्वेदश भ्रमण र आकर्षण पुरस्कारहरु प्रदान गरिने छ । यस्तै तेस्रो हुनेलाई ताज, २५ हजार नगद, फ्री फोटो सुट, दुई रात तीन दिनको स्वेदश भ्रमण प्याकेज र अन्य पुरस्कारहरुको व्यवस्था रहेको श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिताको मुख्य निर्णायक मिस युनिभर्स नेपालको सेकेण्ड रनरअप रक्षा उप्रेती रहनु भएको छ भने अन्य निर्णायकहरुमा नायक विनोद न्यौपाने, चलचित्र निर्माता कृषा चौलागाई र नायिका सरिता गिरी रहनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*