दुई महिनापछि सुटिङ फर्किए शाहरुख

छहारी संवाददाता
८ पुष २०७८, बिहीबार १०:०६

बलिउड अभिनेता शाहरुख खान दुई महिनापछि सुटिङ सेटमा फर्किएका छन्। छोरा आर्यन खान लागूऔषध मुद्दामा मुछिएपछि उनी सुटिङको क्यामराबाट टाढिएका थिए। उनले बुधबार मुम्बईमा फिल्म ‘पठान’को छायांकन सुरु गरेका छन्।

सुटिङमा फर्किएको शाहरुखको तस्बिरमा उनले कालो रंगको टी-सर्ट र लामो कपालका साथ देख्न सकिन्छ। आर्यन लागूऔषध मुद्दापछि सुटिङ सेटमा सुरक्षालाई बढाइएको छ। उनी मुम्बईमा आगामी २० दिनसम्म सुटिङ गर्नेछन्।

शाहरुखले निर्देशकलाई विदेशमा सुटिङ गर्नका लागि सर्त राखेका छन्। उनले सुटिङको हरेक साता मुम्बई फर्कन पाउने गरी समय तालिका मिलाउन निर्देशकलाई भनेका छन्। उनको बुझाईमा यो समयावधिमा अन्य कलाकारले आफ्नो काम गर्न पाउनेछन्।

यो फिल्मको सुटिङ यसअघि स्पेनमा हुने तयारी थियो। तर अक्टोबरमा आर्यन लागूऔषध मामलामा मुछिएपछि फिल्मको सुटिङलाई सारिएको थियो। फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम प्रमुख भूमिकामा छन्। साभारः देशसञ्चार डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*