मकवानपुरमा आइतबार १० जना संक्रमित थपिए, एक जना कोरोनामुक्त

मकवानपुरमा आइतबार १० जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ४२ जनाको पीसीआर र ४ जनाको एन्टिजेन गरी जम्मा ४६ जनाको कोरोना परिक्षण गरिएका थियो । ती मध्ये १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार १२० जनामा कोरोना पुष्टि भएको छ । ति मध्ये १४ हजार ७ सय १४ जना संक्रमणमुक्त भएका छन् । आइतबार एक जना मात्रै कोरोनामुक्त भएको कार्यालयले जनाएको छ ।
अहिले मकवानपुरमा २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हालसम्म १६४ जनाको मृत्यु भएको छ ।