मृत्यु

रचनाकारः मिथिला अधिकारी
५ भाद्र २०७८, शनिबार १२:०६

मृत्यु
संसार यो सकल तुच्छ भनि बुझेर,
जाँउ प्रभु चरणमा नगरौं अबेर ।
कोहि हुन्न आफ्नु मनको यो त एक भ्रमै हो,
छ जन्म मृत्यु सबमा यो त एक क्रमै हो ।।

त्यागौं घमण्ड मनको यो बिसै समान,
जानु छ खाली सब छाडी भनेर जान ।
गरेर लोभ किन हो अति धन थुपार्ने,
शोषण गरि गरि सबै जन लाई मार्ने ।।

मनको विचार कलुषित छ हरेक जनैमा,
छ भोगको अति प्रभाव कतिका मनैमा ।
गर्छन लुकी लुकी यहाँ मिलि भ्रष्टाचार
जानू छ खाली सबले नगरी विचार ।।

आयपछी लिन त जानु अवस्य पर्छ,
छेक्दैन धन र जनले सब छाड्नु पर्छ ।
मृत्यु समान बलवान अरु कोहि छैन,
आउछ कुन समयमा यो खबर हुदैन ।।

(रचनाकारः मिथिला अधिकारी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*