शनिबार २३ कोरोना संक्रमितको मृत्यु, देशभर ३,१०६ जना संक्रमित थपिए

छहारी संवाददाता
१६ श्रावण २०७८, शनिबार १९:४५

कोरोना संक्रमणका कारण शनिबार थप २३ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या ९ हजार ८५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै शनिबार देशभर ३ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार २६३ जनाको पीसीआर र ४ हजार २५६ जनाको एन्टीजेन गरी १३ हजार ५१९ जनाको परीक्षण गर्दा ३ हजार १०६ जनामा कोरोना पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५६ हजार ७३९ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना कोरोनामुक्त भएका छन् । योसंगै देशभर कोरोनामुत्त, हुनेको कुल संख्या ६ लाख ५४ हजार १७७ जना पुगेको छ । अहिले नेपालमा ३१ हजार ३५५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*