हेटौंडा ९ का दाताहरुबाट सिआनलाई ३ लाख रुपैया बराबरको व्यायाम सामग्री सहयोग

ओम् फुयाल(अनिश आयु बाबा)
१५ श्रावण २०७८, शुक्रबार १९:५८

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का सहयोगी दाताहरुले सिआन पुर्नस्थापना‌ केन्द्र मकवानपुरलाई ३ लाख रुपैया बराबरको व्यायाम सामग्री सहयोग गरेका छन् ।

हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले शुक्रबार केन्द्रलाई व्यायाम सामग्री हस्तान्तरण गर्नु भएको हो । सामग्री ग्रहण गर्दै केन्द्रका संयोजक सौजन डिसीले स्थापना कालदेखि नै लागुऔषध दुर्ब्यशन र दुरुपयोग विरुद्धको अभियानमा निरन्तर अभिभावकत्व प्रदान गरेकोमा ९ नम्बर वडा परिवारलाई धन्यवाद दिनुभयो ।

दुर्ब्यशन रोकथाम र न्युनिकरण गर्न स्थापित यस संस्थाले हजारौ परिवारमा पुर्नस्थापना‌को कार्य गर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पुर्याएको सहयोग प्रति हृदय देखि नै धन्यवाद दिनु भएको छ । उहाँले सहयोग प्राप्त भएको सामग्री केन्द्र लगायत वडा बासिले सदुपयोग गर्न पाउने भएकाले सामुदायिक सम्बन्ध थप मजबुत बन्नेमा विश्वस्त रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*