एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

छहारी संवाददाता
५ श्रावण २०७८, मंगलवार ११:२४

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा दिउँसो ३ बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरुलाई सोधिएको स्पष्टीकरणका विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

हिजोको बैठकले देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । देउवालाई एमले अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जनाले र वरिष्ठ नेता माधवकुमार नेपालसहित एमालेका २२ जनाले विश्वासको मत दिएका थिए ।

देउवालाई विश्वासको मत दिएपछि एमाले भित्रको विवाद थप उत्कर्षमा पुगेको छ । केन्द्रीय कमिटी बैठकमा नेता नेपाल पक्ष भने अनुपस्थित हुँदै आएको छ । उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*